मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक कारबाहीमा

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक कारबाहीमा

school bus

पोखरा ।  पोखरामा  सञ्चालनहुँदै आएका स्कुल बसका चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको व्यापक गुनासो आएपछि  जाँच गर्दा प्रहीले पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीबाट र ट्राफिक प्रहरीसहित खटिएको प्रहरी चेकिङ टोलीले स्कुल बस चालकहरूको मादक पदार्थ सेवन (मा.प.से.) परीक्षण गरेको थियो। सो क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको  कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

नियन्त्रणमा परेका चालकहरूमा

१) माउन्ट हेभन बोर्डिङ स्कुल को ग १ क ३६७४ नं. को बस चालक, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३३ का आनन्द परियार।

२) कुमुदिनी होम्स बोर्डिङ स्कुल को ग १ क १३८२ नं. को बस चालक,  पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ बस्ने वर्ष ३७ का गौतम गुरुङ।

३) बिन्देश्वरी बोर्डिङ स्कुल को ग १ क ६२२१ नं. को बस चालक, पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ४४ का भक्तबहादुर गुरुङ।

४) अंजली बोर्डिङ स्कुल को ग १ क ६४०३ नं. को बस चालक, पोखरा महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ४८ का डम्बरबहादुर गुरुङ।

५) एस.ओ.एस बोर्डिङ स्कुल को ग १ क ६४३३ नं. को बस चालक,  पोखरा महानगरपालिका वडा नं. १० रामबजार बस्ने वर्ष ४७ का पदम बि.क.।

प्रहरीले विद्यालयका सवारी साधन चालकहरूलाई विशेष निगरानीमा राखी जाँचलाई निरन्तरता दिने जनाएको छ। विद्यालयका संवेदनशील सवारीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यप्रति कडाइका साथ कारबाही गरिने समेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया