फागुन ३ देखि देशैभर मतदाता शिक्षा अ‍भियान थालिने

फागुन ३ देखि देशैभर मतदाता शिक्षा अ‍भियान थालिने

elecation aayog

काठमाडौँ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिक्षत गरेर निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा दिने तयारी थालेको छ । आयोगले फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षाको सुरुवात गर्ने गरी कार्यसूची अघि बढाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन आयोगले मतदाता शिक्षा दिँदा पहिलेको तुलनामा बदरमत हरेक प्रदेश र जिल्लामा कम आओस् भनेर चाहेको प्रवक्ता भट्टराई औँल्याउनुहुन्छ ।

जस अनुसार आयोगले देशका ७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति र मतदाता शिक्षा अनुगमनकर्ता नियुक्त गर्न भनिसकेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो । उहाँका अनुसार आयोगको कार्यसूचीमा आयोगले गर्नुपर्ने अधिकांश काम कम हुँदै गएको छ । जिल्ला निर्वाचन कार्यालयले गर्नुपर्ने काम भने बढ्दै छ ।

सिकाउने क्रममा हातहातमा रहेका मोबाइल फोनको उच्चतम प्रविधिको प्रयोगको शिक्षासँगै कसरी आयोगले जारी गरेको सिकाइयुक्त सूचनामा पहुँच पुर्‍याेउने भन्ने कुरा मतदाताका लागि यस पटक नयाँ हुने भएको छ । यस डिजिटल सिकाइले आयोगमा आमनागरिकको आबद्धतासँगै अपनत्वको भाव बढाउने उद्देश्य पनि रहेको घिमिरेले प्रस्ट पार्नुभयो ।

न्यून कागजपत्रको प्रयोग गरेर वातावरणमैत्री निर्वाचन गराउने अभिप्राय अनुसार आयोगले जिल्ला निर्वाचन कार्यालयलाई त्यही अनुसार तयार पारेको छ । आयोगले आफ्नो फेसबुक, एक्स, टिकटकलगायतका सामाजिक सञ्जालका पेजमा गएर सिक्ने र सिकाउने उपाय मोबाइलबाटै जोडिएर आफू र समुदायलाई सिकाउने छन् ।

प्रतिक्रिया

भर्खरै