पोखरा । पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेसनल फुटबल क्लबबिच प्रतिष्पर्धा हुने भएको छ । सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालामा हुने आहारारा गोल्ड कपको २५औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी २५ औँ आहारारा पोखरा गोल्ड कपमा विदेशी टिम, ए डिभिजन क्लब, आयोजक सहारासहित १२ टिम सहभागी हुने क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङदी क्लब, प्लानिङ ब्बाइज युनाइटेड, चर्च क्बाइज युनाइटेड, एपिएफ क्बल, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, फेण्ड्स क्लब, सहारा क्लब, थनडरवोल्ड नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान सहभागी हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । आहारारारको संस्करण रजत वर्ष २५ औँ पुगेको अवसरमा पुरस्कार राशि वृद्धि गरिएको थापाले जानकारी दिनुभयो । २५ औँ संस्करणको आहाररा गोल्ड कपमा विजेता बन्ने टिमले नगद पुरस्कार १४ लाख १ हजार पाउने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेताले ७ लाख एक हजार रुपियाँ पुरस्कार पाउनेछ ।
अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई परस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् । सहारा क्लब पोखराले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिती राई सम्मान गरिने गुरुङले जानकारी दिनुभयो ।आहारारा पोखरा गोल्डकपलाई २५ औँ संस्करणसम्म ल्याउन योगदान पु¥याउने २५ जना व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिने भएको छ ।