पोखरा । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाईन्ट माध्यमिक विद्यालयमा अभिभावक संघ गठन भएको छ । रेनु गुरुङ थापाको अध्यक्षतामा गठन भएको अभिभावक संघको सदस्यहरुमा शेषकान्त सापकोटा,मनोहरि पौडेल,भोज वहादुर कार्की,अप्सरा गुरुङ,प्रकाश वास्तोला र पुस्कर थापा मगर रहेका छन् ।

कार्यक्रममा वोल्दै हिल प्वाईन्ट माध्यमिक विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट नतिजा निकाली रहेको वताउदै विद्यालयले व्यवहारीक शिक्षामा जोड दिएको वताए । प्राचार्य जैसीले विद्यालयले पढाई सगसगै विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउदै आएको वताए । पोखरा १२ मा रहेको यस विद्यालयले आगामी दिनमा सम्पुर्ण अभिभावकहरुको साथ लिदै शिक्षाको गुणस्तरमा वृद्धि गर्ने र विद्यालयको सुधार र व्यावस्थापनमा ध्यान दिने समेत प्राचार्य जैसीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजुली वहादुर गुरुङले विद्यार्थीहरु आर्कषण गर्नको लागी विधालयहरूले विभिन्न योजनाहरु ल्याएको बताए । हिल प्वाइन्ट मा.विमा हाल ८५० जना विद्यार्थी अध्यनरत छन् भने ८३ जना कर्मचारीहरु रहेका छन् । स्कुले प्लस टुमा मोफसलमा नै पहिलो चोटी फाइन आर्टको कक्षा सन्चालन गरेको छ । स्कुलमा साइन्स,व्यवस्थापन, होटल मैनेजमेण्ट विषयमा कक्षा सन्चालन भइरहेको छ ।