साफ यु–१९ महिला फुटबलमा बङ्गलादेश फाइनल नजिक

साफ यु–१९ महिला फुटबलमा बङ्गलादेश फाइनल नजिक

saff womal football BD vs IND

पोखरा । बङ्गलादेश  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो । बङ्गलादेशका लागि २९औँ मिनेटमा टिम कप्तान अर्पिता विश्वासले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । मामोनी चक्काले प्रहार गरेको फ्रिकिक पिपक्षी किपर मुन्नीबाट रिबाउन्ड बललाई गोलमा परिणत गर्नुभएको हो ।

४०औँ मिनेटमा स्रिमोती तिर्सना रानीले मिलाइदिएको पासलाई अल्पी अक्तरले पोस्टको दिशा दिँदा बलले जाली चुमेको थियो । खेलमा प्लेयर अफ दि म्याच उहाँ नै हुनुभयो ।आजको खेलमा भारतले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । खेलको  सातौँ मिनेट प्रितिका बरमान मिलाएको पासलाई पारलले प्रहार गर्दा विपक्षी किपर अरजानले बचाउनुभयो ।

५१औँ मिनेटमा अनुस्का कुमारीले प्रहार गरेको बललाई बङ्गलादेशकी किपरले बचाउनुभयो । भारतका प्रशिक्षक पामेला कोन्टले खेलमा हार जित  स्वभाविक भएको बताउँदै खेलाडीले फिनिसिङ गर्न नसक्दा हार भएको बताउनुभयो ।  दोस्रो खेल नेपाल र भुटानबिच भइरहेको छ । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि छ । भारतसँग १–० ले पराजित भएको नेपाल जित निकाल्ने दाउमा छ । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी छन् ।

प्रतिक्रिया

भर्खरै