पोखरा । पोखरामा पहिलो पटक आयोजना भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । शिनबार पोखरा रंगशालामा भएको खेलमा नेपाल भारतसँग १—० ले पराजित भएको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमै नेपालले गोलको सामना गर्यो । खेलको ४९ औँ मिनेटमा भारतले एक ग¥यो ।

भारतका खेलाडी प्रितिका बरमानको प्रहार नेपालकी किपर झरना डुम्राकोटीबाट रिबाउन्ड भएको अवस्थामा भारतकी पेरअलले पोस्टको दिशा दिँदा बलले जाली चुमेको थियो । भारतले खेलमा केही राम्रा अवसरलाई गोलमा परिणत गर्न चुक्यो । नेपालको खेल भने डिफेन्सिप देखिएको थियो । खेल अवधिमा नेपालले लोभलाग्दो प्रहार विपक्षी पोस्टमा खासै गर्न सकेन । खेलमा एक गोल गरेर टिमलाई जिताउनु भएकी भारतीय खेलाडी पेरअल प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
साफ नेपालले अब सोमबार भुटानसँग खेल्नेछ । नेपाली टोलीका प्रशिक्षक सुमन श्रेष्ठले प्रशिक्षणको समयमा खेलिएको बल र शनिबार प्रतिष्पर्धामा प्रयोग भएको बल फरक पर्दा खेलमा असर परेको बताउँदै स्कोर गर्न नसकेपनि बलियो टोलीसँग खेलाडीले राम्रो खेलेको बताउनुभयो । भारतका प्रशिक्षक पामेला कोन्टीले खेल मैदान राम्रो नहुँदा खेलाडीले सोचे जस्तो खेल्न नसकेको बताउनुभयो ।
