पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ कार्यालयका प्रमुख ढकबहादुर भुजेललाई पितृशोक परेको छ । उहाँका पिता तेजबहादुर भुजेलको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २८ (साविक कालिका गाविस) सिद्धीपुरमा १९९१ साल जेठ १ गते जन्मनुभएका तेजबहादुरको पोखरा ११ फूलबारीस्थित आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय भुजेल कालिका क्षेत्रमा घर निर्माणको काम गर्ने कालीगणको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको आज नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोरा ढकबहादुरले दागबत्ती दिनुभएको थियो । स्वर्गीय भुजेलका श्रीमती, १ छोरा र ३ छोरी छन् ।
