पोखरामा ४५ जना सशस्‍त्र प्रहरी सहायक निरीक्षक दीक्षित

पोखरामा ४५ जना सशस्‍त्र प्रहरी सहायक निरीक्षक दीक्षित

समय र परिस्थिति अनुसार सुरक्षा चुनौती बदलिन्छ : सशस्त्र एआइजी दाहाल

a p f photo 1

पोखरा । सशस्त्र प्रहरी बलका अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) बंशीराज दाहालले समय र परिस्थिति अनुसार सुरक्षा चुनौती बदलिने बताउनुभएको छ । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालमा सञ्चालन भएको सि.स. १७ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बिहीबार बोल्दै एआइजी दाहालले बदलिरहने सुरक्षा चुनौतीलाई सामना गर्ने दक्ष जनशक्ति उत्पादन नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।

दीक्षान्त समाराेहमा बाेल्दै एआइजी ब‌ंशीराज दाहाल

“उन्नत प्रविधि, बदलिँदो समाज र नागरिकको बढ्दो अपेक्षाबिच उत्पन्नहुने नवीनतम सुरक्षा चुनौतीलाई मध्यनजर गरेर सोही अनुसार कार्यसम्पादन गर्न हामी तमतयार रहनु पर्दछ”, उहाँले भन्नुभयो,“सुरक्षा भनेको बहु्आयामिक विषय हो र सुरक्षा चुनौती समय र परिस्थिति अनुसार बदलिरहन्छ । ” सशस्त्र प्रहरी बलको मानवस्रोत विभागका प्रमुखसमेत रहनुभएका एआइजी दाहालले दिनँहुजसो बदलिरहने सुरक्षा चुनौतीलाई सामना गर्ने दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने र उत्पादित जनशक्तिलाई साधन स्रोत युक्त बनाउन नसक्ने हो भने चाहेको र कल्पना गरेको उपलब्धि हासिल नहुने बताउनुभयो ।

सशस्त्र प्रहरी बलले स्थापनाकाल देखि नै जागीर होइन सेवा गर्छ भन्ने भावबाट प्रेरितरही राष्ट्र र नागरिकको सुरक्षा र सेवालाई सर्वेपरी मान्दै अहोरात्र परिचालित हुँदै आएको उहाँको भनाइ छ । “राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्षम जनशक्ति उत्पादन र क्षमता विकासका लागि सशस्त्र प्रहरी बलका प्रशिक्षण प्रतिष्ठान र तालिम शिक्षालयलाई समय सापेक्ष सुहाउँदो नीति तथा कार्यक्रम बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ”,उहाँले भन्नुभयो,”संगठनको जग भनेको अनुशासित, कर्मठ, कुसल, योग्य र इमानदार जनशक्ति नै हो ।”

संगठनको जिम्मेवारीलाई सही रुपमा काँध थाप्ने दक्ष जनशत्ति उत्पादन गर्न तालिम शिक्षालयहरुले आफ्नो योग्यता र क्षमता प्रस्तुत गर्नुपर्ने बताउँदै उहाँले समय अनुसारको दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै विषयगत तालिम शिक्षालयको स्थापना गरी विभिन्न व्यावसायिक तािलमहरु प्रदान गरिँदै आएको बताउनुभयो ।

तालिममा सिकेको ज्ञान, कला र कशौललाई कार्य क्षेत्रमा खटिएको बेलामा अक्षरस पालना गर्न सके मात्र नागरिकको जिउ धन र स्वतन्त्रताको रक्षा गर्ने दायित्वलाई पूरा गर्न सकिने उहाँको भनाइ छ । उहाँले बिहीबार दीक्षित भएका ४५ जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु आर्जन गरेको ज्ञानलाई व्यवहारमा उतारेर लगनशील भई अगाडि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । राष्ट्र र जनताप्रति निष्ठावान भएर काममा खटिन उहाँले दीक्षित सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिनुभयो ।

तालिम सम्पन्न गरेका ४५ जना प्रशिक्षार्थीहरुलाई एआइजी दाहालले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । २०८१ कात्तिक ५ गतेबाट सुरु भएको तालिम ४७ हप्तासम्म चलेको तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धव न्यौपानेले बताउनुभयो ।तालिममा भक्तबहाहदुर साही प्रथम हुनुभएको थियो भने कवाज प्रदर्शनमा ताराबहादुर विक, शारीरिकतर्फ राकेश नेपाली र चाँदमारी विधामा दिनेशकुमार थारु प्रथम हुनुभएको थिया । उहाँहरुलाई दाहालले पुरस्कार वितरण गर्नुभएको थियो । तालिमका सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा प्रमुख प्रशिक्षक रहनुभएको थियो भने उहाँसहित २१ जनाले प्रशिक्षण दिएका थिए ।

४७ हप्तासम्म सञ्चालन गरिएको यो तालिमलाई तीन चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा व्यक्तिगत बन्दोबस्ती, कवाज, शारीरिक तालिम, नक्सा अध्ययन, हतियार प्रयोग, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, फायरिङ, प्राथमिक उपचार र परम्परागत युद्धकला सम्बन्धी ज्ञान प्रदान गरिएको प्रमुख प्रशिक्षक एसपी अरुणकुमार शर्माले बताउनुभयो ।

दोस्रो चरणमा कन्भेन्सनल ट्याक्टिक्स, सशस्त्र संघर्ष नियन्त्रण, जंगल वारफेयर र साहसिक तालिम सञ्चालन गरिएको थियो भने तेस्रो चरणमा हुल तथा दंगा व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान र विशिष्ट व्यक्तिहरुको सुरक्षा, सिमा सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापन, सशस्त्र प्रहरी बलका ऐन नियम, प्रारम्भिक अपराध अनुसन्धान, ड्राइभिङ, स्विमिङ, फिल्ड आधारित अभ्यास र भ्रमणजस्ता विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो । दीक्षान्त समारोहको कार्यक्रम सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक दीपा परियारले गर्नुभएको थियो ।

दीक्षित भएका प्रशिक्षार्थीहरुको नामावली

तालिमका प्रशिक्षकहरु

प्रतिक्रिया

भर्खरै