नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आएन

नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आएन

muglin-pahiro-1024×598

चितवन । शुक्रबार साँझदेखि खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झरेपछि यातायात पूर्णरूपमा ठप्प भएको हो । शनिबार साँझ खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

माथिबाट ढुंगा खस्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ । सुक्खा पहिरोले करिव १०० मिटर सडक ढाकेको जनाइएको छ । हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउन प्रयास जारी छ ।

ढुंगा खस्ने क्रम रोकिएमा कम्तीमा चार घण्टामा सडक सञ्चालनमा ल्याउन सकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरो हटाउन समस्या भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा कयौं सावरी साधन बिच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया

भर्खरै