काठमाडौंमा भएको प्रदर्शनमा गोली चल्दा १४ जनाको मृत्यु

जेनजीकाे प्रदर्शन

काठमाडौंमा भएको प्रदर्शनमा गोली चल्दा १४ जनाको मृत्यु

Zen-Z-protest

काठमाडौँ, २३ भदौः ‘जेनजी’ पुस्ता सडकमा काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएको जेनजीको प्रदर्शन क्रममा काठमाडौंमा १४ जनाको मृत्यु भएको छ ।

जेनजीको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले नियन्त्रणमा लिनको लागि रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । जेनजीको नाममा काठमाडौं, पोखरासहित देशका प्रमुख सहरमा प्रर्दशन जारी रहेको छ ।

प्रतिक्रिया

भर्खरै