न्युयोर्कको जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा निरौला चयन

न्युयोर्कको जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा निरौला चयन

5313c47b-1103-4253-9c25-e7a7ad113522

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित जमैका नेपाली समाजको अधिवेशन र समर पिकनिक भएको छ । अधिवेशनले पुष्कर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा भीम न्यौपाने, सचिव पारस भारद्वाज(निरौला), कोषाध्यक्ष साजन पौडेल छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कार्की, भुपेन्द्र बज्रचार्य, विनोद केसी, दीपक घिमिरे, गुणबहादुर घर्तीमगर र राम कार्की रहेका छन्।

समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका तुलसी आचार्य र अशोक कार्कीले सपथ खुवाउनु भएको थियो भने समाजका निवर्तमान अध्यक्ष एवं समाजसेवी कृष्ण आचार्यले स्वागत गर्दै पद हस्तान्तरण गर्नुभएको थियो । सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्साल एवं अभियन्ता कृष्ण लामिछाने लगायतले शुभकामना दिनुभएको थियो ।

सपथ ग्रहण कार्यक्रममा एनआरएन न्युयोर्क च्याप्टरका कार्यवाहक सभापति छिरिङ शेर्पा, रिजवुड नेपाली सोाइटीका अध्यक्ष राजेश भट्ट, तमु समाजका अध्यक्ष बिन घले लगायतले समाजका गतिविधिको प्रशंसा गर्दै नेपाली समुदायमा पारेको सकारात्मक प्रभावको चर्चा गर्नुभएको थियो ।त्यसैगरी शुभकामना दिँदै राज ट्याक्स एन्ड एकाउन्टिङका सञ्चालक तथा सिपिए बिराज रिजालले अमेरिकामा नेपालीको पहिलो बित्तीय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनको बारेमा चर्चा गर्दै यसमा आवद्ध हुँदा मिल्ने फाइदाकाबारे चर्चा गर्नुभएको थियो ।

समाजको समर पिकनिक  सम्पन्न

न्युयोर्कको फरेस्ट पार्कमा आयोजित कार्यक्रमको पहिला सत्रमा अधिवेशन भएको थियो भने दोस्रो सत्रमा वनभोज कार्यक्रम  गरिएको थियो । वनभोज कार्यकममा जमैका तथा आसपास बसोबास गर्ने झण्डै चार सय नेपालीको उपस्थिति रहेको थियो । वनभोज कार्यक्रममा बालबालिकाहरुको मनोरन्जनका नृत्य, दक्षता प्रदर्शन, गायन तथा चित्रकला प्रतियोगिता पनि गरिएको थियो । सहभागी सबै बालबालिकालाई प्रमाणपत्र र उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली खानाका विभिन्न परिकारहरु राखिएको थियो । विगत केहि वर्षदेखि जमैका नेपालीहरुको हब बन्दै गएको छ । यसले नेपाली समुदायको एकता, संकृतिको रक्षा तथा नया पुष्तालाई नेपालीपन बारे जानकारी दिलाउन यस्ता वनभोज महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरुले जनाएका छन । समाजको वनभोजमा न्युयोर्कमा सक्रिय सामाजिक अभियन्ताहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया