पोखरा । नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि जितेको छ । फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले २५–२०, २२–२५, २८–२६ र २५–१४ हरायो । त्यसै गरी नेपाल पुलिस क्लब पुरुषतर्फ तेस्रो भएको छ ।
त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो । २७–२५, २५–२०, २३–२५ र २५–१४ ले हरायो । आर्मीले चौथो स्थानमा चित्त बुझायो । महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेस्टले तेस्रो भएको हो ।थाइल्यान्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५–१८, १०–२५, २५–१३, २९–२७ ले खेल जितेको हो । दुबैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
पुलिस र न्यु डायमण्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भैसकेका छन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।