माछापुच्छ्रे गाउँपालिकामा लागु औषधसहित एक जना पक्राउ

माछापुच्छ्रे गाउँपालिकामा लागु औषधसहित एक जना पक्राउ

arested

पोखरा ।  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ घट्टेखोलाबाट प्रहरीले एक व्यक्तिलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४१ वर्षीय युवराज गुरूङलाई पक्राउ गरेको हो। गुरूङ माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसका स्थायी बासिन्दा हुन्।

उनको साथबाट बुप्रेनोर्फिन ४६ एम्पुल, डाइजेपाम ४१ एम्पुल, फेनारगन ४६ एम्पुल गरी जम्मा १ सय ३३ एम्पुल लागू औषध र एक थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका गुरूङलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds