पोखरा । लोक दोहोरी गायक हिमलाल सुनारको लोक दोहोरी गीत दिलको ढोका सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनले आफ्नो युट्युव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
दिपक अधिकारीको शव्द रहेको गीतमा गायक सुनार र अहिलेकी चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । गीतमा सन्तोष सुवेदीले लय तथा संगित भरेका हुन् । अहिलेको पे्रमी पुस्तालाई केन्द्रित गरी बनाईएको गीतमा याम थापा मगरको एरेन्ज,विमल परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोलाई प्रविन थापाले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।
पोखराका विभिन्न ठाउँमा छायाकंन गरिएको गीतमा विमल अधिकारी, सरिता दानकुटी र वाल कलाकार सिवानी सुनारको अभिनय रहेको छ ।ओजन स्टुडियोमा रेर्कड भएको गीतलाई धेरैले मन पराएको गायक सुनारले जानकारी दिए । यस अघि पनि विभिन्न गीतमा आवाज दिएका सुनारले यस गीतले आफ्नो लोक गायनको यात्रालाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
पोखराको घार्मीमा जन्मिएर लामो समय वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका सुनार फर्किए लगत्तै गीत वजारमा ल्याएका हुन् । सागितिक यात्रामा लागेका सुनारको यस अघिको गीत मेरै माया जातिले नि चर्चा कमाएको थियो । उनले गायनसँगसँगै विभिन्न लोक आधुनिक गीत समेत रचना समेत गरेका छन् । हालै सार्वजनिक भएको गीतले युट्युवमा राम्रै भ्युज समेत पाएको छ ।