डिजिटल मार्केटिङ सम्बन्धी तीन दिने तालिम सुरु

डिजिटल मार्केटिङ सम्बन्धी तीन दिने तालिम सुरु

wotef
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ ।
महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो । पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उहाँले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरामा पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रको बजारीकरणममा नविनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिदै  उहाँले तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा विमानस्थल निर्माणका सम्बन्धमा दोषीलाई कारवाही गनुपर्ने तर यसलाई जोडेर समग्र पोखरालाई बदनाम गर्न नपाइने धारणा राख्नुभयो ।
पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले पोखरामा पर्यटकको बसाई लम्ब्याउने किसिमका गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।तालिममा पर्यटन व्यवसायमा संलग्न ६० जना महिला पर्यटन व्यवसायी सहभागी रहेको ओटेफका महासचिव एवम् कार्यक्रम संयोजक लक्ष्मी लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै