पोखरा ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीेले २०८२ सालको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
“आपसी प्रेम र सदभाव “भन्ने मान्यता लाई मनन गर्दै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा आयोजित क्यालेन्डर बिमोचन कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्राचार्य डा रवीन्द्र प्रसाद श्रेष्ठले यस्ता कार्यक्रमले भावनात्मक एकता क़ायम भई कलेजको बिकासमा सहयोग पुग्ने बताए । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीेका अध्यक्ष दिपक कार्कीले सम्पुर्ण कर्मचारी एवम् व्यवस्थापन बिच भावनात्मक एकता हुनुपर्ने कुरामा जोड दिदै कर्मचारीहरुको दुःख सुखमा साथ दिने बताए।
क्यालेन्डर प्रकाशन समितिका संयोजक हरि बहादुर बस्नेतले यस विषम परिष्थीतीमा सहयोग गर्ने सवैमा धन्यवाद प्रकट गरेका थिए । ईकाइ अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य व.उपाघ्यक्ष एवम् बालरोग विशेषज्ञ डा.शकंर पौडेलले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव राजन प्रोख्रेलले गरेका थिए । कार्यक्रम एकै साथ लेखनाथ कलेज र अस्पताल प्राङ्गडमा सन्चालन गरिएको थियो ।कार्यक्रममा कलेजमा कार्यरत चिकित्सक, शिक्षक स्वास्थ्यकर्मी ,बिधार्थी एवंम कर्मचारीहरुको व्यापक सहभागीता रहेको थियो ।