पोखरा । यस वर्षको माध्यामिक शिक्षक परीक्षा (एसइई) मा कास्कीबाट ११ हजार ३७ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार चैत ७ गते बिहान ८ बजेदखि सुरु हुने परीक्षाको तयारी पूरा भएको छ ।
१ सय २२ सामुदायिक विद्यालय र १ सय ६५ संस्गाथत विद्यालयका विद्यार्थीका लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको छ । पोखरा महानगरपालिकामा ३३, अन्नपूर्ण गाउँपालका २ र रुपा गाउँ पालिकामा एक परीक्षा केन्द्र तोकिएको आचार्यले बताउनुभयो । सराङकोटमा रहेको बाल सुधार गृहबाट १६ जना, दृष्टिविहीन ८ जना र लेखनाथ रहेको सिर्जना बहिरा माविबाट २० जना सुस्तश्रवण विद्यार्थीले परीक्षा दिने भएका छन् ।
कास्कीमा साधारणतर्फ नियमित ९ हजार ७ सय ९५ र ग्रेड वृद्धिमा १ हजार ३४ गरी १० हजार ८ सय २९ विद्यार्थी सहभागी हुनेछन् । प्राविधिकतर्फ नियमित १ सय ८४ र ग्रेड वृद्धिका २४ गरी २ सय ८ विद्यार्थीले परीक्षा दिने आचार्यले बताउनुभयो । आचार्यका अनुसार प्राविधिक धारतर्फ र २०७८ र ७९ का पुरानो पाठ्यक्रमका ३९ जना विद्यार्थीको परीक्षा केन्द्र पोखराको नयाँबजारस्थित नवप्रभात माविमा तोकिएको छ ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनेतर्फ कार्यालय लागि परेको आचार्यको भनाइ छ । “परीक्षा हुने ३६ केन्द्रका केन्द्राध्यक्षलाई परीक्षाको. बारेमा अभिमुखीकरण दिइसकिएको छ,” उहाँले भन्नुयो,“पं्रश्नपत्र सम्बन्धित सुरक्षा पोस्टमा सोमबारसम्म पुग्नेछन् ।” कास्कीमा रहेका ५ वटा स्थानीय तह मध्ये माछापुच्छे« र मादी गाउँपालिकामा परीक्षा केन्द्र तोकिएको छैन । विद्यार्थीलाई सहज हुने गरी यातायात र सडक पूर्वाधार नभएका कारण २ स्थानीय तहमा परीक्षा केन्द्र तोक्न नसकिएको आचार्यको भनाइ छ ।
विद्यार्थीलाई निर्धक्क र भयरहित वातावरणमा परीक्षा दिने वातावरण मिलाउन कार्यालयले सम्बन्धित सरोकार राख्ने सबैसँग समन्वय र सहकार्य गरिरहेको आचार्यले बताउनुभयो । आचार्यका अनुसार परीक्षाको समयमा कुनै गुनासो वा समस्या भए तत्काल समाधान गर्न गरी प्रविधि मैत्री संंयन्त्र निर्माण गरिएको छ ।