गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा घोषणा

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा घोषणा

IMG-20250203-WA0001

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सूचनामा सो दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरू बन्द रहने जनाइएको छ।

मन्त्रिपरिषद्को माघ २१ गते बसेको बैठकले सो निर्णय गरेको हो। गण्डकी प्रदेशका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले हस्ताक्षर गरेको सूचनामा सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

प्रदेश सरकारले हरेक वर्ष गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने परम्परा कायम राख्दै आएको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds