सहकारी ठगीमा पक्राउ परेका छविको अदालतमा बयान सुरु

सहकारी ठगीमा पक्राउ परेका छविको अदालतमा बयान सुरु

chhabilal-joshi

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका ४४ विरुद्ध जिल्ला अदालतमा बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले आइतबार पुरक अभियोगमार्फत ४४ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको थियो । ठगी प्रकरणमा जोडिएकालाई सोमबारदेखि बयान लिन सुरु गरिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ‘जोजोलाई प्रतिवादी बनाइएको छ ।

त्यसमध्ये सोमबार छविलाल जोशीसँग बयान भयो । उहाँसँग बयान सकिएको छैन । मंगलबार पनि उहाँसँग बयान हुन्छ । त्यसपछि अरुसँग हुन्छ,’ उनले भने । जोशीसँग सोमबार ३ घन्टा बयान लिएको हो । उनीसँग १५ प्रश्न गरिएको अदालत स्रोत बताउँछ । बयानका लागि जोशीसहित लामिछानेलाई पनि अदालत पु¥याइएको थियो । तर, न्यायाधीश राइले सुरुमा जोशीसँग बयान लिएका हुन् ।

जोशीपछि लामिछानेको लिन तयारी छ । ‘बयान सुरु कोबाट लिने श्रीमान्ले स्वनिर्णय गर्नुहुन्छ,’ सूचना अधिकारीले अधिकारीले भने । सोमबार भएको बयानमा जोशीले आफूले सहकारीको रकम एक पैसा पनि नखाएको बताएका छन् । जोशीसँगै सूर्यदर्शन सहकारी ठगीमा ६३ जनालाई विपक्षी बनाइएको छ । उनीहरूसँग पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा १ अर्ब ५१ करोड बिगो माग गरिएको छ । अदालतमा मुद्दा दायर भएसँगै प्रतिवादीहरूसँग अदालतले बयान लिन सुरू गरेको हो ।

बयान सकिएपछि थुनछेक बहस हुनेछ । जिल्ला सरकारी वलिकको कार्यालयले उनीहरु माथि सहकारी ऐन, २०७४ को दफा १२२ (त) अनुसार १० वर्षसम्म कैद सजाय माग गरिएको छ । संगठित अपराधको आरोपमा थप ५० प्रतिशत सजाय हुनुपर्ने भएकाले उनलाई १५ वर्ष सजाय माग गरिएको छ । यसबाहेक लामिछानेमाथि सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ विगो माग गरेको छ । लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँको विगो माग गरिएको छ ।

लामिछानेसँगै पूर्वडिआइजी छविलाल सम्पत्ति शुद्धीकरणमा जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको विगो माग गरिएको छ । सहकारी ठगीमा भने ५ करोड २६ लाख ६५ हजार माग गरिएको हो । जोशी र लामिछानेसँगै कास्की प्रहरीको हिरासतमा रहेका रामबहादुर खनाल र लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरण कसूरमा माग दाबी गरिएको छ । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ, पछाईसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको छ ।

सहकारी ठगीमा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्यलाई पनि कसुर अनुसारको बिगो र सजाय माग गरिएको छ । उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ । आइतबार दर्ता गरिएको पूरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको थियो । आजको समाधान दैनिकमा समाचार छ ।

प्रतिक्रिया