पोखरा । नेपाल कस्मेटिक व्यवसायी संघ काठमाडौं र कस्मेटिक व्यवसायी संघ कास्की विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कस्मेटिक व्यवसायी संघ काठमाण्डौंको टोलिलाई पोखरामा स्वागत गर्दे कस्मेटिक व्यवसायी संघ कास्कीकी अध्यक्ष दुर्गा बरालले समान प्रकृतिका दुई संस्था विचको आपसी सम्वन्ध प्रगाढ बनाउन यो भेटघाट सफल हुने बताउदै विभिन्न जिल्लाहरुमा रहेका यसै प्रकृतिका संस्थाहरु मिलेर प्रादेशिक तथा केन्द्रिय महासंघ बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष ऋषिकेश तिमिल्सेनाले यो भेटघाट मुलत आफ्नै उत्पादन गर्दे कस्मेटिक बस्तुहरुको बजार ब्यवस्था गर्न पनि सकिने संम्भावना रहेको बताउदै केन्द्रिय समिति बाउनुपर्नेमा जोड दिए ।


कार्यक्रममा नेपाल कस्मेटिक व्यवसायी संघ कास्किका निर्वतमान अध्यक्ष प्रेम प्रसाद सुवेदी संस्थापक अध्यक्ष विष्णु प्रसाद वास्तोला संघका प्रथम उपाध्यक्ष लक्ष्मण आचार्य महासचिव महेन्द्र पौडेल तथा नेपाल कस्मेटिक व्यवसायी संघ काठमाण्डौंका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद श्रेष्ठ प्रथम उपाध्यक्ष टेक वहादुर काफ्ले प्रवत्ता चित्र वहादुर बस्नेत लगाएतले बोलेका थिए । कार्यक्रममा उपस्थित सवैले आफ्नाे परिचय सहित विभिन्न सुझाव दिएका थिए ।

This will close in 10 seconds