हिरासत कक्षको तस्बिर सार्वजनिक बारे छानबिन गर्न समिति गठन

हिरासत कक्षको तस्बिर सार्वजनिक बारे छानबिन गर्न समिति गठन

उजयतय

पोखरा । हिरासत कक्षभित्र सुतिरहेको अवस्थामा रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी भोलाबहादुर रावलका अनुसार समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने छ । तस्बिर खिच्ने व्यक्ति पहिचान भएपनि प्रहरीको तर्फबाट गम्भीर लापरबाही भएको पाइएको उनको भनाइ छ । दोषी जो भए पनि छानबिन समितिको सिफारिस अनुसार कारवाही गरिने उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले छानबिन प्रक्रिया थालिसकेको जानकारी दिए ।

रवि लामिछानेकै समर्थक डा निकोलस भुसालले गत शनिबार प्रहरीकै अगाडि तस्बिर खिचेको बताएका छन् । रविका अरु समर्थकहरुले भने प्रहरीकै सेटिङमा उक्त तस्बिर सार्वजनिक भएको बताउँदै आएका छन् । सहकारी ठगीसहित ३ आरोपमा लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया