यु–१९ विश्वकपमा छानिएकी रचना र अग्रज क्रिकेटर दीपेशलाई पोखरामा सम्मान

यु–१९ विश्वकपमा छानिएकी रचना र अग्रज क्रिकेटर दीपेशलाई पोखरामा सम्मान

rachana 1

पोखरा । पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दीपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनोट हुन सफल रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई पोखराको क्रिकेट विकासमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुले नै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सान उचो पार्ने औल्याए । पोखरा महानगर क्रिकेट समितिको सहयोगमा महानगर क्रिकेट संघले आयोजना गरेको क्रिकेटको ग्रासरुट कार्यक्रमबाट रचना जस्तै अन्य होनहार खेलाडी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरे । पोखरा महानगर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले क्रिकेटमा नवप्रतिभाशाली खेलाडी खोज्नका लागि ग्रासरुट कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताउँदै पोखरामा रचना चौधरी जस्तै सम्भावना बोकेका अन्य खेलाडीहरूले पनि आगामी दिनमा सफलताको सिढी चढ्ने विश्वास व्यक्त गरे ।

संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक गोविन्द प्रधानले आफ्नै चेली रचनाले विश्वकपको यात्रा तय गर्दा निकै खुसीको भएको बताए ।अभिभावक दीपक आचार्यले हिजोसम्म पोखराको क्रिकेट मैदानमा आफ्नै बच्चाहरूसँग क्रिकेट खेल्दै गरेकी रचनालाई विश्वकप सम्म पुगेको देख्न पाउँदा क्रिकेटमा भोलिका दिन उज्जालो रहेको जनाए । दृश्यम मिडियाका सम्पादक विनोद लामिछानेले सम्मानित दुबैजनालाई बधाई ज्ञापन गरे ।

प्रतिक्रिया