पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पोखरा २८ का मनोहरि पौडेल मनोनित

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पोखरा २८ का मनोहरि पौडेल मनोनित

manohari

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेल मनोनित भएका छन् । संघका अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

बुद्ध विशाल बजारमा रहेको टुइन्स कलेक्सनका सञ्चालक पौडेल बुद्ध विशाल बजार व्यापरिक एसोसिएनका प्रवक्ता समेत हुन । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य समेत रहेका पौडेल विभिन्न संघ संस्थामासमेत आवद्ध छन् । त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष रहेका पौडेल शीतल युवा क्लब पोखरा १२ को सल्लाहकार, जुत्ता व्यवसायी समिति कास्की र कास्की बडिबिल्डिङ एन्ड फिटनेस एसोएिएसन दुबै संस्थामा प्रेस संयोजक, सुर्केमैदान युवा क्लब पोखरा २८ को संस्थापक अध्यक्ष समेत हुन् । पोखरा २८ बिमिरापानी स्थायी घर भएका पौडेल नेपालय नेटर्वक डटकमका कार्यकारी सम्पादक समेत रहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा चयन भएका पौडेलले संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष कार्कीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराइसकेका छन् । संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष कार्की यसअघि सोवित पौडेल, नवीन पौडेल र कमलबहादुर सुनारलाई मनोनित गरिसकेका छन् । पौडेल मनाेनित भएसँगै कार्यसमिति पूर्ण भएको छ ।

प्रतिक्रिया