नेपाल समाजवादी पार्टीको विधान अधिवेशन खर्च ९ लाख ७७ हजार

नेपाल समाजवादी पार्टीको विधान अधिवेशन खर्च ९ लाख ७७ हजार

samaj badi

पोखरा । नेपाल समाजवादी पार्टीको पोखरामा सम्पन्न विधान अधिवेशनले आगामी माघमा काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

हिजो र आज पोखरा भएको विधान अधिवेशनले माघको २५ देखि २७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । ५सय प्रतिनिध सहभागी विधान अधिवेशनले पार्टीको नाम नेपाल समाजपवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय पनि गरेको छ ।

अधिवेशनले केन्द्रीय समिति ९९ सदस्यीय बनाउने निर्णय गर्नुका साथै ११ सदस्यीय पदाधिकारी बनाउने निर्णय पनि गरेको छ । पदाधिकारीमा अध्यक्ष, ५ उपाध्यक्ष( महिला, जनजाति, मधेसी, खसआर्य र दलित), महासचिव १, सचिव ३, १ कोषाध्यक्ष र सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित युवा प्रतिनिधित्व पालिका ४० प्रतिशत, प्रदेश २० प्रतिशत, केन्द्र २० प्रतिशत पु¥याउने निर्णय गरेको छ ।

पदाधिकारीसहित सबै समितिमा ३३ प्रतिशत महिलालाई सहभागी गराउने निर्णय अधिवशेनले गरेको छ । अधिवेशन गर्नका लागि ९ लाख ७७ हजार १ सय ६० रुपैंयाँ खर्च भएको नेपाल समाजवादी पार्टीले जानकराी दिएको छ । अधिवेशनको लागि ७ लाख ५० हजार आम्दानी भएकाे पार्टीले जानकारी दिएको छ ।

प्रतिक्रिया