माछापुच्छ्रे बैंकले गर्‍यो २५ लाख सहयोग

माछापुच्छ्रे बैंकले गर्‍यो २५ लाख सहयोग

WhatsApp-Image-2024-10-20-at-18.31.40-1536×1024

पोखरा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले २५ लाख सहयोग गरेको छ ।गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो प्रभावितको सयोगका लागि बैंकले २५ लाख सहयोग गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक ब्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया