महिला फुटबलमा नेपालले आज भुटानको सामना गर्दै

साफ च्याम्पियनसिप

महिला फुटबलमा नेपालले आज भुटानको सामना गर्दै

nepali_women_football_team_948633437

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दैछ । हिजोदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको महिला फुटबलमा नेपाल र भुटानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । त्यस अघि दिउँसो साढे १ बजे श्रीलंका र माल्दिभ्स खेल्नेछन् । हिजो भएको उद्घाटन खेलमा भारतले विजयी सुरुआत गरेको छ । भारतले पाकिस्तानलाई ५—२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैलानमा आयोजना भएको खेलका लागि नेपालले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली बनाएको छ । नेपाली महिला फुटबल टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर रहेका छन् ।

सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरू मध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन । यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो । २०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो । दुई वर्षअघि नेपालमै भएको पछिल्लो संस्करणमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरी साफको सातौं संस्करणमा १२ खेल हुनेछन् । ५ पटक फाइनल खेलको नेपाल यो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिदैछ ।

महिला साफ च्याम्पिनसिपमा भारत सर्वाधिक सफल टोली हो भने २ वर्ष अघि नेपालमै भएको साफको उपाधि बंगालादेशले जितेको थियो । नेपाल बंगालादेशसँग ३—१ ले पराजित भएको थियो । नेपालमा पहिलो सन् २०१९ मा साफ महिला फुटबल आयोजना भएको थियो । अहिलेसम्म साफ महिला च्याम्पियनसिप तीन पटक नेपालमा आयोजना भएको छ ।

प्रतिक्रिया