पोखरा । नेपालीहरुको महान पर्व विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमा आज बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो ।
सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने भएको हो । संघ सरकारले दिनेबाहेक थप दिनको बिदाका लागि त्यतिबेला सरकारले निर्णय गरेको थियो ।