वैरभाव र निरासा फैलाउने प्रवृत्ति विरुद्ध एकजुट हुन एमालेको आह्वान

राजनीति

वैरभाव र निरासा फैलाउने प्रवृत्ति विरुद्ध एकजुट हुन एमालेको आह्वान

emale-1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

पार्टी मुख्यालयमा बसेको बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म हालैको विपद् र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेको र यसका कार्यमा सबैको थप सहयोग र सहकार्यको अपेक्षा गरिएको बतए ।

बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत सहयोग र खोजी कार्यमा सम्पूर्ण जनसङ्गठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयम्सेवी भूमिकासहित सहयोगमा लाग्न निर्देशन दिएको छ । आगामी मङ्सिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न पार्टीले निर्देशन दिने निर्णयसमेत गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया