पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा, २५ जनालाई रोजगारी

पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा, २५ जनालाई रोजगारी

lake spice

पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्ष देखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

आज ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रिबन काटेर रेस्टुरेन्ट उद्घाटन गरे । लेक साइडको किङ लाउन्जको अपोजिटमा रहेको रेस्टुरेन्टमा नेपाली, इन्डियन, चाइनिज, थाई लगायत २ सय ५० भन्दा बढी खाना/खाजाका परिकार उपलब्ध हुने तारा घर्तीमगरले बताए ।

विजया दशमीको घटस्थापनाका दिन सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा कात्तिक १ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको अर्का सञ्चालक गौरव घर्तीमगरले बताए । करिब १ सय २० जनालाई एकै पटक सेवा दिन सकिने रेस्टुरेन्टमा करिब २ करोड लगानी भएको उनीहरुको भनाइ छ । बिहान १० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने रेस्टुरेन्टमा २५ जना रोजगारीमा छन् । कुकिङमा १२ जना र रिसेप्सन, वेटर लगायतमा गरी १३ जना कार्यरत रहेको ताराले बताए । रोजगारीको लागि १० वर्ष सिंगापुर बसेका ताराले पोखराका नाम चलेका रेस्टुरेन्टहरु प्रमुख कुक भएर काम गरेको अनुभव बटुलेका छन् ।

उनले रेस्टुरेन्टको खाना/खाजालाई अझ गुणस्तरीय बनाउन मलेसियन कुकलाई रेस्टुरेन्टमा ल्याएर आफूसहित कुकिङमा काम गर्नेलाई खानाका परिकार बनाउन सिकाएका छन् । ४० दिनको लागि मलेसियन कुकलाई १२ लाख खर्चेको उनको भनाइ छ । मलेसियन कुक फर्केपछि कुकिङको नेतृत्र्व तारा आफैले गर्नेछन् ।

पुख्र्यौली बागलुङको गलकोट भएका दुई युवाले सञ्चालन गरेको रेस्टुरेन्टको उद्घाटनको दिन पोखरा महानगरपालिका वडा नम्बर ६ अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा गण्डकी अध्यक्ष किशोर दाहाल लगायतले सफलको शुभकामना व्यक्त गर्दै पर्यटकले रोजेको खाजा÷खानाको स्वाद लिन पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया