पोखरा । पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पसको २० औं साधरण सभा बुधबार भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद जीवन परियारले पब्लिक क्याम्पस देशको गहना भएको हुँदा सबै तहका सरकारले संरक्षण र दिगो सञ्चालनको लागि विशेष पहल गर्नुपर्ने बताए । समाज रुपान्तरण र देशको शैक्षिक उन्नयनमा जनप्रकाश बहुमुखी क्याम्पसले पुर् याएको योगदानको उनले प्रशंसा गरे ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, पूर्व सञ्चालक समिति अध्यक्ष माधव भण्डारी, प्राध्यापक संघका सभापति युवराज लामिछाने, प्रेमकला आचार्य, लक्ष्मण थापा क्षेत्री लगायतले बोलेका थिए ।
क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक सुरेन्द्रराज अधिकारीले क्याम्पसको लेखा प्रतिवेदन पेश गरेका थिए । साथै उक्त कार्यक्रममा क्याम्पसले प्रकाशन गरेको जर्नल जनप्रकाश जर्नल अफ मल्टिडिसिप्लेनरी रिर्सचको बिमोचन गरिएको थियो । कार्यक्रमको सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले सञ्चालन गरेका थिए ।