प्राकृतिक विपद्का घटनामा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो

प्राकृतिक विपद्का घटनामा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो

badhi

काठमाडौं । शुक्रबार र शनिबार लागतार परेको पानीका कारण प्राकृतिक विपद्का घटनामा परी देशभर अहिलेसम्म १ सय ३२ जनाको ज्यान गएको छ ।गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६ सय २६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १ सय ९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरुको उद्दारका लागि दुई दिनदेखि हवाई उद्दार गरिरहेको छ । पहिरो, बाढी र डुबानले अवरुद्ध भएका राजमार्गहरु पनि खुलाउने काम भइरहेको गृह मन्त्रालय जानकारी दिएको छ ।

प्रतिक्रिया