सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च, ५० ढाेका खाेलियाे

सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च, ५० ढाेका खाेलियाे

saptakoshi river

सप्तरी । लगातारको झरीले सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी छ ।

पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो ।

पानीको बहाव बढेपनि ब्यारेजका संरचना अहिले सुरक्षित रहेको छ । यसैबीच भारतको बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको छ ।

प्रतिक्रिया