पोखरा ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) मोहनुकमार थापाको सुरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यालय मानव अधिकार उलंघन अनुगमन इकाइमा सरुवा भएको हो । थापाको ठाउँमा शयमबाबु ओलिया आउने प्रहरी प्रधान कार्यालय जानकरी दिएको छ ।
उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा कैलाली धनगढीबाट कास्की सरुवा भएको हो । असोज ७ गतेको निर्णय अनुसार उनीहरुको सरुवा भएको हो । थापा र ओलियासहित ४१ जना प्रहरी उपरिक्षकको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहराको पनि सरुवा भएको छ भने उनको ठाउँमा वीरेन्द्रबहाहदुर शाही आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले १ सय ४३ जना प्रहरी नायब उपरिक्षक (डिएसपी)को पनि सरुवा गरेको छ ।