पोखरा ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा पोखरामा नाराबाजी भएको छ । जिल्ला प्राशसन कार्यालय नजिकै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले प्रदर्शन गरेका हुन ।
रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन । सहकारीको पैसा गोर्खा मिडियामार्फत ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र नजिकै सहिद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् । रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।