असोज ५ । लेबनानमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । घटनाममा धेरै जां घाइते भएको बताइएको छ । आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायले दाबी गरेको छ ।
हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेत को रूपमा प्रशंसा गरेको छ । एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको केही समयपछि विभिन्न उपकरणको साथ खोजी कार्यमा तल्लिन रहेको देखाएको छ ।
गाजामा युद्ध सुरु भएदेखि हेज्बुल्लाहका वरिष्ठ कमाण्डरको मृत्यु भएको यो दोस्रो घटना हो । गत जुलाईमा भएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।
इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाउँदै अन्य दश जना वरिष्ठ कमान्डरहरुकोसमेत मृत्यु भएको दाबी गरेको छ ।
हेज्बुल्लाहको नजिकको एक स्रोतका अनुसार अकील घटनाको क्रममा कमान्डरहरूसँगको बैठकमा थिए । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य ६६ जना घाइते भएको जनाउदै मृतकको संख्या बढ्न सक्ने उल्लेख गरेको छ । एजेन्सी