अर्थ–बजार

आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ ।  निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ ।  युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको...
होटल बराही काठमाडौंलाई इको फुटप्रिन्ट प्रमाणपत्र प्रदान
काठमाडौं। ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गर्ने ‘होटल बाराही काठमाडौँ’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ । टफ्ट टाइगरद्वारा प्रदान गरिएको उक्त अवार्डबारे जानकारी दिन राजधानीमा आज आयोजना गरिएको कार्यक्रममा बाराही होटलका महाप्रबन्धक रोशन सापकोटा उक्त जानकारी दिए । विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि...
पोखरामा इभी ब्रान्डको ‘एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ हुँदै
पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ । निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि.’, तथा लिपमोटर र...
पोखरामा माघ १० बाट राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव हुने
पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यही माघ १० गते सुरु हुने ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सव प्रवद्धर्नात्मक हुने बताएका छन् । मेलाको तयारीको क्रममा मंगलबार आयोजना गरिएको बस्तुगत संघ÷संस्थाका प्रतिनिधिहरुसँगको बैठकमा उनले मेला उद्यमशिलता विकासको उद्देश्यले आयोजना गरिएको र त्यसमा व्यापारभन्दा पनि प्रवर्द्धन र नयाँ सम्भावनाका...
काठमाडौंमा हुने दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा पोखराका पुस्तक व्यवसायी सहभागी हुदै
पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ। पौष १७ देखि २१ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा नेपालसहित भारत, चीन, बंगलादेश, श्रीलंका, क्यानडा, इटाली र जिम्बावेका १५० भन्दा बढी प्रकाशकहरूले आफ्ना प्रकाशनहरू प्रदर्शनमा राखेका...
लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा
पोखरा । २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ गते देखि माघ १ गते सम्म...
चीनको लुजाउ नगरका प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघबीच भेटघाट
पोखरा,  चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भेटघाट गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार संघको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलको क्रममा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना,व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल भएको थियो ।...
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।...
नेपाल कस्मेटिक व्यवसायी संघ काठमाडौं तथा कास्की बिच अन्तरक्रिया कार्यक्रम
पोखरा । नेपाल कस्मेटिक व्यवसायी संघ काठमाडौं र कस्मेटिक व्यवसायी संघ कास्की विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कस्मेटिक व्यवसायी संघ काठमाण्डौंको टोलिलाई पोखरामा स्वागत गर्दे कस्मेटिक व्यवसायी संघ कास्कीकी अध्यक्ष दुर्गा बरालले समान प्रकृतिका दुई संस्था विचको आपसी सम्वन्ध प्रगाढ बनाउन यो भेटघाट सफल हुने बताउदै विभिन्न जिल्लाहरुमा रहेका यसै...
यस्तो छ आज लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौ‌ ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य...