मनोरञ्जन

पूर्णबहादुरको सारंगी बन्यो सर्वाधिक कमाउने चलचित्र
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा र २७ करोड संकलन गरेको जानकारी दिए । उनले चलचित्रले मंगलबारसम्म  रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए ।  नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल...
पूर्णबहादुरको सारंगीको नयाँ रेकर्ड, एकै दिन ३ सय ८० बढी शो
पोखरा । पूर्णबहादुरको सारंगी चलचित्र यतिबेला चर्चाको शिखरमा छ । चलचित्रले दर्शकको अभूतपूर्व माया पाएको छ । गन्धर्व परिवारको कथावस्तुमा आधारित चलचित्रले एकै दिन बढी शो पाउने चलचित्रको रेकर्ड समेत बनाएको छ । चलचित्रमा एउटा बुबाले छोराको सफलताका लागि गरेको संघर्षलाई देखाइएको छ ।काठमाडाै‌, पोखरा  लगायतका मुख्य सहरहरुमा चलचित्र उत्साहजनक रुपमा प्रदर्शन भइरहेको छ ।...
निर्माण भएको ७ वर्षपछि चलचित्र अग्निदहन मंसिरमा प्रदर्शन हुने
पोखरा । करिब ७ वर्ष अघि निर्माण भएको चलचित्र अग्निदहन अर्को महिना मंसिरदेखि प्रदर्शन  हुने भएको छ । कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतको अभिनय रहेको उक्त चलचित्र मंसिर ७ गतेदेखि व्यावसायिक रुपमा प्रदर्शन गर्न लागिएको हो । चलचित्रको प्रचारप्रसार पोखराबाट सुरु गरिएको छ ।  चलचित्रको प्रचारप्रसारको तयारीमा निर्माण टिम जुटेको छ । चलचित्र पत्रकार...
४ वर्षपछि पोखरामा गुञ्जिदैँ एमटी ८८४८ ब्यान्ड
पोखरा । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभिवाई सञ्चालनमा आउने भएको छ । चर्चित ब्यान्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतिसँगै आज क्लबको ग्रान्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।उनका अनुसार सो ब्यान्डले ४ वर्षपछि पोखरामा प्र्रस्तुति दिँदैछ । गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुति दिने बताउँदैं प्रवेश...
‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक
काठमाडौं । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक भएको छ । पहिलोजस्तै दोस्रो टीजरले पनि प्रेम, द्वन्द्व र सम्बन्धको रहस्यलाई चित्रण गर्छ । संवादहिन यो टिजरले दुई मुख्य पात्रको सम्बन्ध र घुम्तीलाई प्रस्तुत गरेको छ । टिजरको अन्त्यमा युवतीले युवकलाई अपहरण गरेको दृश्य छ । यो दृश्यले पहिलोभन्दा...
‘पोखरा छाड्नु नपरोस् जस्तो लाग्छ’
काठमाडौं । प्रकाश घिमिरे घरेलु फिल्मका उम्दा अभिनेता हुन् । चरित्रमा प्राण भर्ने कलाकारको रुपमा उनी दर्शकमाझ परिचित छन् । दशैंमा उनी अभिनित दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ एकसाथ प्रदर्शनमा आए । ‘एकदिन एकरात’बाट फिल्म करिअर थालेका उनले ३० भन्दा धेरै फिल्ममा काम गरेका छन् । नाट्य विधा पनि उनको सशक्त माध्यम हो...
प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत रिलिज
काठमाडौं ।  दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले...
सलमानलाई फेरि ज्यान मार्ने धम्की, रोकियो ‘सिकन्दर’को सुटिङ
पोखरा । बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खान लगातार चर्चामा छन् । उनलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आइरहेको छ । लगातार ज्यान मार्ने धम्की आइरहेको कारण उनको कामसमेत प्रभावित भएको छ । यस्तो अवस्थामा उनको सुरक्षा निकै बढाइएको छ । यसअघि पनि उनलाई यस्तो धम्की आएको थियो । अहिले सलमानको सुरक्षालाई ध्यानमा राख्दै उनको...
पोखरामा महाशिवरात्रि विश्व संगीत महोत्सव सुरु
पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव सुरु भएको छ। नमस्ते ब्यान्डको आयोजनामा भोली (शनिवार)सम्म लेकसाइडको बाराहीघाटमा हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गरेका हुन्। ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्व संगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड,...