राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (सोमबार) प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए। नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिएका छन्। तेस्रो पटक प्रधानमन्त्री भएका दाहाल...