कृषि-पर्यटन

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र
पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले...
गण्डकी प्रदेशमा घट्यो कृषि भूमि
पोखरा । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्क अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०÷८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ । अध्ययनअनुसार सो प्रदेशमा  चार लाख लाख...
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्षआग्रह  गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी...
होटल संघ पोखराको अध्यक्षामा सुवेदी दाेहोरिए
पोखरा।  होटल संघ पोखरा नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार पोखरामा सम्पन्न २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा...
पोखराको लेकसाइडका होटलमा तिहारसम्म ३० प्रतिशत छुट
पोखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटलमा चाडपर्वका अवसरमा छुट दिइने भएको छ । पर्यटनको राजधानी पोखरामा होटल संघ नेपाल पोखरामा आवद्ध होटलहरुमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको हो । संघका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी संघ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा दसैंदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको...
रास्वपामा महेश भण्डारीलाई पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले महेश भण्डारीलाई गण्डकी प्रदेशको पर्यटन संस्कृति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । विभागको प्रमुख भएपछि उनले गण्डकीको पर्यटन र संस्कृतिको जगेर्ना गर्न सदैव लागि पर्ने बताएका छन्। उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए । उनले लामो समयको...
पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने
पोखरा ।  पोखरामा  नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । यही असोज ३० गतेदेखिआगामी कात्तिक ३ गतेसम्म होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको  पूरा भएको   पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालकाे प्रवर्द्धन गर्ने उद्धेश्य...
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई
पोखरा । पोखराको पर्यटकी ठाउँ पुम्दीभुम्दीमा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको...
विश्व पर्यटन दिवसमा पर्यटक यातायातको र्‍याली
पोखरा । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म र्‍याली गरिएको छ । उक्त अवसरमा पर्यटकलाई यातायात सेवा प्रदान गरिरहेको ६० वटा सवारी साधन सहितको र्‍याली प्रदर्शन गरिएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरामा हाल ४ सय...
आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी पोखरामा मनाइँदै
पोखरा । आज विश्व पर्यटन दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालको पर्यटकीय राजधानी पोखरामा पनि यो दिवस मनाइँदै छ । असोज ९ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको हो । २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाइँदै आएको छ । ४५ औं विश्व पर्यटन दिवसको...