पोखराको अमरसिंह चौरमा आज (बुधवार)देखि ११ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ। युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक समारोहबीच उद्घाटन गरे। यसैगरी, महोत्सव उद्घाटनपूर्व पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म झाँकी तथा र्यालीको आयोजना गरिएको थियो। उक्त झाँकी तथा र्यालीमा झाँकीतर्फ नेपाल मगर संघ रामबजार इकाईले प्रथम स्थान हासिल गरेको...