नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

पोखरा महानगरभित्र न्यून लागतका १०० व्यवस्थित घर निर्माण गर्न त्रिपक्षीय सम्झौता
पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक लिमिटेडकाबीच महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो। सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग...
अन्नपूर्ण हिमाल आरोहणका क्रममा भारतीय आरोही मालु बेपत्ता
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन्। दोस्रो शिविरभन्दा केही माथिबाट आज (सोमवार) दिउँसो भारतीय आरोही ३४ वर्षका अनुराग मालु हराएका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिएका छन्। हराइरहेका आरोहीको खोजी भइरहेको पनि उनले उल्लेख गरेका छन्। राजस्थानको किशनगढका मालु ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण...
पोखरा स्पोर्ट्स अवार्डलाई केल्मीको साथ
नेपाली बजारमा छुट्टै स्थान बनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ। यही बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने उक्त अवार्डलाई सफल पार्न केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। उक्त प्रा.लि.का म्यानेजिङ डाइरेक्टर उत्तम...
पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने राखेपको प्रतिवद्धता
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सघाउने भएको छ। आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा...
वैसाख–१६ मा राष्ट्रिय लेखक दिवस मनाउने तयारी
नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने तयारी थालिएको छ। नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले संपूर्ण लेखकहरूले गौरव गर्ने ‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णयसँगै तयारी थालिएको हो। अबका दिनमा हरेक वर्ष बैशाख–१६ लाई लेखक दिवसका रूपमा मनाउन संपूर्ण लेखकहरूलाई समेत संघको आग्रह छ। नेपाली लेखक संघले उही वैशाख–१६ देखि हरेक वर्ष राष्ट्रिय लेखक...
गोरखाका पालिकाबीच १० बुँदे साझा घोषणापत्र जारी
गोरखाका ५ पालिकाले १० बुँदे घोषणापत्र जारी गरेका छन्। आन्तरिक तथा बाह्य पर्यटक भित्राउन साझेदारी, समन्वय तथा सहयोग गरी आन्तरिक आय वृद्धि गर्न सामूहिक पहल गर्ने र प्राकृतिक स्रोत, साधन तथा वस्तुहरूको उपयोग, संरक्षण, लाभलागत अनुमान तथा प्राप्तिमा समान अवधारणाको विकास गर्ने १० बुँदे घोषणा पत्रमा उल्लेख गरिएको छ। पालिकाबीच असल अभ्यास आदान प्रदान तथा...
उपनिर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ?
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार) बाट आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगका अनुसारआजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ। क–कसलाई लाग्छ आचारसंहिता ? (क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र सो...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा ३ रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम संचालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।...
तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता
तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्। मंसीर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैसाख १० गते तनहुँ–१ मा उपनिर्वाचन...
वैसाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुँदै
वैसाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि ३ क्षेत्र बारा–२ मा २६, चितवन–२ मा २४ र तनहुँ–१ मा ९ गरि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार छन्। बारा निर्वाचन क्षेत्र नं. २ मा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय...