सुमन सुवेदी, अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको अध्यक्ष बनेका छन्। जिल्लाको २३ औं सम्मेलनबाट सुबेदी अध्यक्षमा चुनिएका हुन्। जिल्ला सम्मेलनबाट सुवेदीको नेतृत्वमा ४१ सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा प्रताप शाह र विक्कल थापा क्षेत्री चयन भएका छन्। सचिवमा मनिष तामाङ, सह–सचिवमा दिनेश गुरुङ, महेश घर्तिमगर, विदुर तिमल्सिना र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरिएको छ।