पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थालेको फ्लाई दुबईले एक महिनापछि आफ्नो उडान तालिका परिवर्तन गरेको छ । सेप्टेम्बर २३ देखि उडान सुरु गरेको फ्लाई दुबईले अक्टोबर २५ देखि समय तालिका परिवर्तन गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार पर्सि आइतबारदेखि पोखरामा साँझ ७ :३५ मा अवतरण गरेर सोही राति ८ः३५ बजे दुबई फर्कने छ । अक्टोबर २४ तारिखसम्म साँझ ६ :१५ बजे आउने र ७ : १५ मा फर्किने तालिका छ । विमानले समय तालिका अनुसार नै उडान गरिरहेको छ ।
तोकिएको समय भन्दा विमान ढिला नभई केही समय अघि नै पोखरा आउने गरेको छ । विन्टर सिजनलाई ध्यानमा राखेर जहाजले समय तालिका परिवर्तन गरेको हो । एक महिना ६ हजार ३ सय ११ यात्रु आउजाउ गरेका छन् ।