पोखरा। पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेललाई नेतृत्व सुम्पिएको हो । उनले आफ्ना प्रतिद्वन्द्वी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गरे । ३९ प्रतिनिधि रहेको परिषदमा भुजेलले २५ मत प्राप्त गरे । भण्डारीले भने ११ मत मात्रै पाए । निर्वाचनमा ३ मत बदर भएको थियो ।

नवनिर्वाचित अध्यक्ष भुजेल टानका पूर्वअध्यक्ष समेत हुन् । अधिवेशनले परिषदको सदस्यहरुमा ५ जनालाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा जीवनराज, सापकोटा, बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा र नारायणप्रसाद सुवेदी पनि सदस्यमा चयन भए । परिषदको नयाँ कार्यसमितिले पदाधिकारीहरु भने पछि मनोनयन गर्नेछ । जसमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पद रहेका छन् ।

This will close in 10 seconds