रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यद्वारा शपथ

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यद्वारा शपथ

sapatha-rsp

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित एक विशेष समारोहबिच पार्टी सभापति रवि लामिछानेले उहाँहरूलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह भने उपस्थिति हुनुभएन ।

चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापति लामिछानेले भने महाधिवेशनस्थलमै शपथ ग्रहण गरी सक्नुभएको थियो । शपथ ग्रहण कार्यक्रम सम्पन्न भएसँगै आजै केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया