फेवातालमा माछा मार्ने क्रममा डुबेर मृत्यु

फेवातालमा माछा मार्ने क्रममा डुबेर मृत्यु

dead body with a blank toe tag, in monochrome

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

पाेखरा । कास्कीको पोखरा महानगरमा माछा मार्ने क्रममा बुधबार डुबेर एक जनाको ज्यान गएको छ । पोखरा–१८, खपौदी स्थित फेवातालमा साँझ साढे ५ बजे माछा मार्ने क्रममा डुबेर बेपत्ता पोखरा–९, नयाँबजार बस्ने ३४ वर्षीय शंकर नेपालीको ज्यान गएको हो ।

नेपालीलाई साँझ ६ बजे सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । “आज तालबाट उद्धार गरिएका नेपालीलाई साँझ ६ः५४ मा चिकित्सकले मृत घोषणा गरेको अवस्था छ,” प्रहरी नायब उपरीक्षक पासवानले भन्नुभयो, “दिनहुँ तालमा घटना भएका छन्, यसबारे सरोकारवालाले थप कदम चाल्नुपर्ने अवस्था छ ।”

तालमा मङ्गलबार पनि पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको थियो । वर्षा याममा गर्मीका कारण पौडी खेल्नेहरु बढ्ने, डुङ्गा र माछा मार्ने क्रममा लापरवाही गर्दा बेला बेलामा तालमा दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया