काटमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया मंगलबार आज नै अघि बढाइने भएको छ।

प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेको उजुरी खोल्नका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बोलाइएको छ। यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। निर्धारित अवधिभित्र १६ वटा उजुरी दर्ता भएका हुन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ का अनुसार, प्रारम्भमा उजुरी खोल्ने र त्यसलाई सांसदहरूबीच वितरण गर्ने कार्य हुनेछ। त्यसपछि बिहान १० बजेतिर उजुरीकर्तासँग छलफल गरिने तयारी छ। सभापति श्रेष्ठले त्यसपछिको बैठक निरन्तर चल्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन्।

This will close in 10 seconds