काठमाडाैं । नेकपा(एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सदस्यता नवीकरणको निर्णय गरेको हो।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भण्डारीको सदस्यता नवीकरण रोकिएको थियो। पछिल्लो समय पार्टी समस्यामा परेपछि भण्डारीलाई पनि पार्टीमा स्थान दिन लागिएको छ।

भण्डारीले पनि आफ्नो सक्रियता बढाएकी छिन्। कतिपयले भण्डारीकै नेतृत्वमा पार्टी पुनर्गठन र एकताका लागि अभियान थाल्न प्रस्ताव गरेका छन्।

This will close in 10 seconds