समानुपातिकमा रास्वपालाई ५१ लाख ७६ हजार मत

समानुपातिकमा रास्वपालाई ५१ लाख ७६ हजार मत

rastriya-swatantra-party-raswapa

काठमाडाैं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक अग्रता हासिल गरेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म गणना गरिएको कुल एक करोड ८ लाख ४ हजार ७ सय १ सदर मतमध्ये रास्वपा एक्लैले ५१ लाख ६७ हजार ४ सय २९ मत प्राप्त गरेको छ। यो सङ्ख्या कुल गणना गरिएको मतको झन्डै आधा हो।

पुराना र स्थापित दलहरू भने यसपटकको समानुपातिक दौडमा निकै पछाडि देखिएका छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५७ हजार १ सय  मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४ लाख ५३ हजार ७ सय ८९  मतसहित तेस्रो स्थानमा खुम्चिएको छ। यी दुई ठुला दलको संयुक्त मत जोड्दा पनि रास्वपाको एक्लो मतभन्दा निकै कम रहेको छ।

अन्य दलहरूको अवस्था हेर्दा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख १० हजार ४ सय ७९ मत प्राप्त गर्दै आफूलाई चौथो शक्तिका रूपमा उभ्याएको छ। त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८ सय ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ३ सय ८६ मत ल्याएका छन्।

प्रतिक्रिया