पोखरा । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ १ करोड २ लाख ९० हजार ५ सय ४६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ४७ हजार ५ सय २३ मत पाएको छ ।

निर्वाचन आयोगको विवरण अनुसार नेपाली काँग्रेसले १६ लाख ७३ हजार ९ सय ८२, नेकपा एमालेले १३ लाख ९८ हजार ८ सय २० मत ल्याएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ९ सय ४६ मत, श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७ सय ८५ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रले ३ लाख २२ हजार ४ सय ७२ मत ल्याएका छन् । यी ६ दल नै राष्ट्रिय दल बनेका छन् ।
